काठमाडौं- भारतीय नायिका सोनाक्षी सिन्हा यति फिट हुन अनेक तरीका अपनाइरहेकी छिन्।अन्य नायिकाको तुलनामा उनी मोटी छिन्।  उनी अहिले तौल घटाउन डोरी खेल्छिन। जसका कारण पहिलेभन्दा उनी स्लिम पनि बनेकी छिन्।केही दिनअघि आफ्नो सामाजिक सञ्जाल सार्वजनिक गरेको भिडियोमा उनी डोरी खेलिरहेकी देखिन्छिन्।हामीमध्ये धेरैलाई शारीरिक फिट रहनका लागि कुन जिम जाने वा कुन एक्सरसाइज गर्ने भन्ने चिन्ता भइरहेको हुन सक्छ। भारतीय नायिक सोनाक्षी सिन्हा घरमै बसेर पनि फिट हुन डोरी खेल्दा धेरै फिट रहन सकिने बताउँछिन्।

डोरी खेल्दा माटोपन मात्र अन्य शारीरिक फाइदा पनि हुन्छ? तपाई थाहा छ ती फाइदा के के हुन्?

डोरी खेल्दा मोटोपन कम हुन्छ। 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुटु र हड्डी बलियो बन्छ

नियमित रुपमा डोरी खेल्नाले मुटु र हड्डीका लागि फाइदा त हुन्छ नै। हर्ट अट्याक आउने जोखिम पनि कम हुन्छ।

छालामा चमक आउँछ यदि तपाइ छालालाई सुन्दर र ग्लोइंग बनाउन चाहनुहुन्छ भने डोरी खेल्न सुरु गर्नुहोस्। डोरी खेल्दा आउने पसिनाले अनुहार रहेको रोम छिद्रहरु खुल्छन्। यसले छालालाई कसिलो बनाउँछ। यसले छालामा रहेको विषाक्त पदार्थ पनि बाहिर निकाल्छ।

तनाव कम गर्छ आजकल शारीरिक श्रम गर्ने चलन कम  भइरहेको छ। विभिन्न अध्ययनले शारीरिक श्रम कम गर्ने व्यक्तिमा डिप्रेसन देखिन सक्ने देखाएका छन्। डोरी खेल्नाले तनावबाट बच्न मदत पुग्छ।डोरी खेल्नाले स्टामिना राम्रो हुन्छ। शरीरमा फुर्तिलोपन आउँछ।