काठमाडौं– अण्डालाई खानेकुराहरुमध्ये सबैभन्दा स्वास्थ्यकर खानेकुरा मानिन्छ ।
अण्डामा पाइने पोषक तत्वका कारणले नै यसलाई सूपरफूड पनि भनिन्छ ।
एउटा सिंगो अण्डामा कुखुरको मासु बराबरको न्यूट्रिएन्ट्स प्राप्त हुन्छ ।
अण्डालाई प्राय: हाई कोलेस्ट्रोलसंग सम्बन्धित मानिन्छ ।
त्यसैले प्राय: मानिसहरुलाई धेरै अण्डा नखाने सल्लाह दिइन्छ ।
अण्डा र कोलेस्ट्रोलको के सम्बन्ध छ र एक दिनमा कति अण्डा खानु सुरक्षित हुन्छ ?
यो हरेक व्यक्तिको चासोको विषय हुनसक्छ ।
प्राय: मानिसहरु कोलेस्ट्रोललाई एउटा नराम्रो कुरा भन्ने सोच्दछन्, जुन गलत हो ।
कोलेस्ट्रोलको स्तर बढ्नु भनेको मुटु सम्बन्धि रोग र छिट्टै मृत्युसंग जोडिनु भन्ने धारणा रहेको छ, यो पनि गलत हो ।
शरीरको लागि आवश्यक कोलेस्ट्रोल
वास्तवमा हाम्रो शरीरका सम्पूर्ण अंगहरुको सही तरिकाले सञ्चालनका लागि कोलेस्ट्रोल अति आवश्यक हुन्छ ।
सेल मेम्ब्रेनमा कोलेस्ट्रोलको भूमिका महत्वपूर्ण हुन्छ ।
टेस्टोस्टेरोन, एस्ट्रोजन र कोर्टिसोल जस्ता आवश्यक स्टोरेड हार्मोन बनाउन पनि कोलेस्ट्रोलले सहयोग पुऱ्याउँछ ।
हाम्रो लिभर कलेजोले प्राकृतिक तरिकाकाले शरीरका लागि पर्याप्त कोलेस्ट्रोल बनाउँछ ।
तर जब हामीले खाएको खानामा कोलेस्ट्रोलको मात्रा धेरै भयो भने शरीरले आफुले बनाउने कोलेस्ट्रोलको मात्रालाई कम गरिदिन्छ ।
अण्डा र कोलेस्ट्रोलको सम्बन्ध
प्राय: मानिस एक दिनमा सकेसम्म कम अण्डा खाने सल्लाह दिन्छन्, विशेष गरेर अण्डाको पहेलों भाग ।
एउटा मध्यम आकारको अण्डामा १८६ एमजी कोलेस्ट्रोल हुन्छ ।
अण्डाको सेतो भागमा प्रोटीन धेरै र कोलेस्ट्रोल कम पाइन्छ ।
अण्डाको पहेंलो भागमा कोलेस्ट्रोल धेरै हुन्छ ।
हप्तामा अधिकतम २ देखि ६ वटा पहेंलो भाग खाने सल्लाह स्वास्थ विशेषज्ञहरु दिन्छन् ।
केहि अध्ययनमा अण्डाबाट कोलेस्ट्रोल स्तरमा कस्तो प्रभाव पर्छ भन्ने पत्ता लगाउने कोशिश गरिएको छ ।
यस अध्ययनका लागि मानिसहरको दुई वटा समुह बनाइएको छ ।
पहिलो समुहका केहि मानिसले केहि दिनसम्म दिनहुँ १ देखि ३ वटासम्म अण्डा खाए भने केहि मानिसलाई अण्डाको अन्य विकल्प दिइयो ।
अध्ययनमा सहभागि भएका सबैको गुड कोलेस्ट्रोल बढेको पाइयो जबकि केहि मानिस बाहेक अन्यमा ब्याड कोलेस्ट्रोलको स्तरमा कुनै किसिमको परिवर्तन थिएन ।
एउटा सिंगो अण्डा खानुको असर हरेक व्यक्तिमा भिन्दा-भिन्दै हुन्छ ।
७० प्रतिशत मानिसमा अण्डाको कारणले उनीहरुको ब्याड कोलेस्ट्रोलमा कुनै असर पर्दैन भने ३० प्रतिशत मानिसमा यसको केहि असर पर्छ ।
जुन मानिसमा एलडिएलका ठूला कणहरु हुन्छन्, उनीहरुलाई मुटुको रोग लाग्ने खतरा कम हुन्छ ।
त्यसैले अण्डा खानाले कोलेस्ट्रोलको स्तर केही बढे पनि यसबाट चिन्तित हुनु पर्दैन ।
स्वास्थ्य विशेषज्ञहरुको भनाइ अनुसार हरेक दिन तीन वटा अण्डा खानु स्वस्थ मानिसहरु लागि पूर्ण रुपले सुरक्षित छ ।
मधुमेह र मुटुका बिमारीसंग अण्डाको सम्बन्ध
केही अध्ययनहरुका अनुसार धेरै मात्रामा अण्डा खानाले मुटुको रोगको खतरा बढ्छ ।
यद्यपि, केही अनुसन्धानकर्ताहरुको भनाइ के छ भने यो कुरा धेरै हदसम्म व्यक्तिको खानपिन, धुम्रपान तथा व्यायामको बानीमा निर्भर गर्छ ।
केवल अण्डाको सेवनले मुटुको रोग लाग्छ भन्ने कुराको कुनै प्रमाण फेला परेको छैन ।
केही अध्ययन अनुसार अण्डाको सेवनले स्ट्रोकको खतरा कम हुन्छ ।
अर्को एउटा अध्ययनका अनुसार टाइप २ डाइबिटिज भएका मानिसहरुले धेरै अण्डा सेवन गरे भने मुटुको रोग लाग्ने खतरा बड्छ ।
स्वास्थ्य विशेषज्ञहरुका अनुसार टाइप २ डाइबिटिजका बिरामीहरु तीन महिनासम्म हप्तामा ६ दिनको हिसाबले प्रतिदिन २ वटा अण्डा सेवन गर्न सक्छन् ।
यसले उनीहरुको ब्लड लिपिड स्टरमा कुनै असर पार्ने छैन ।



