काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले सस्तिएको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज चाँदीको स्थिर रहँदै तोलाको १ हजार २३० रुपैयाँ नै कायम भएको छ। हिजो आइतबार चाँदीको भाउ तोलामा ३० रुपैयाँ ओरालो लाग्दै १ हजार २३० रुपैयाँ कायम भएको थियो।