बितेको २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ३७४ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म कोरोनाबाट १९६५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा समेत ६ जनाले ज्यान गुमाएका छन् ।
सरकारले नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना समेत देखिएको बताएको छ भने संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय