काठमाडौं। यही २ माघदेखि बिक्री खुला भएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को साधारण सेयर (आईपीओ)का लागि तीन दिनमा नै करिब १२ लाख जनाको आवेदन परेको छ।

आज (सोमबार) साँझ ५ बजेसम्ममा ११ लाख ७७ हजारभन्दा बढीको आवेदन आइसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त संख्याका आवेदकबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ताका लागि आवेदन परेको छ। जुन माग गरिएको भन्दा करिब ६ लाख बढी हो। बैंकले जम्मा आठ अर्ब रूपैयाँ बराबरको आठ करोड कित्ता आईपीओ जारी गरेको छ।

जसमध्ये, सात करोड ५८ लाख ४० हजार कित्तामात्रै सर्वसाधारणका लागि छुटटयाइएको छ। बाँकी कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

यस बैंकको आईपीओमा सर्वसाधारणले भोलि (मंगलबार) साँझसम्म आवेदन गर्न पाउनेछन्।