काठमाडौं– ४९ बर्षदेखि अन्न त्यागी फलाहार मात्र गरेका जगताचार्य पण्डित तेजनाथ शर्माको निधन भएको छ।६९ वर्षीय ‘नेपाली बाबा’को सोमबार राति विन्धवासिनी आश्रम सतुङ्गलमा निधन भएको हो।अन्तर धार्मिक संघका अध्यक्ष केशव चौलागाइँका अनुसार मंगलबार विहान ९ बजे पशुपति आर्यघाटमा शर्माको अन्त्यष्टि गरिएको छ। शितयुद्ध अन्त्य र विश्व शान्तिका लागि सन् १९८६ महायज्ञ गरेका शर्माले २०४५ सालमा नेपालका ७५ जिल्ला पैदल यात्रा गरेका थिए।‘धर्मो रक्षति रक्षितः’ अभियान थालेका शर्माले २०४८ मा नेपालको मुक्तिनाथदेखि भारत कन्याकुमारीसम्म ११८ दिन लगाएर पदयात्रा गरे। उनले २०२८ सालदेखि अन्न भोजन त्याग गरेका थिए। फलफूलमात्र खाने गरेका उनलाई त्यागी पण्डितका रुपमा पनि व्याख्या गरिन्थ्यो।
४९ बर्षदेखि अन्न त्यागेका जगताचार्यको निधन
सवालनेपालसंवाददातामंगलबार, ५ माघ २०७७

४९ बर्षदेखि अन्न त्यागेका जगताचार्यको निधन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१



