दाङ –खाना पकाउने ग्यास सिलिण्डर लिक भैइ आगलागी हुँदा गम्भीर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका ४० वर्षका वसन्त वलीको ज्यान गएको छ।उपचारका क्रममा गएराति वलिको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उहाँकी श्रीमती ३५ वर्षीया गीता वली गम्भीर घाइते हुनु भएको थियो।

दुवै जनाकाे कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारको क्रममा वसन्तको मंगलबार राती ज्यान गएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ । गीताको भने त्यही अस्पतालमा उपचार भइरहेको छ।कुखुराका बच्चा निकाल्न तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास  लिक भएर आगलागी भएको थियो।