काठमाडौं । सुन चाँदी मूल्य घटेको छ । बिहीबार तोलामा २ सयले घटेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छ । बुधबार फाइन गोल्ड गुणस्तरको सुन प्रति तोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचांदी व्यवसायी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।



