बिपिपि/दमक
झापाको शिवसतासी नगरपालिकामा वडा नं. १० का नेत्र दाहालको नयाँ घर सरहेको उपलक्ष्यमा भोज खान खाएका सबै गाँउलेहरु बिरामी परेपछि गाँउ नै खालि भएको छ । गाँउका सबै भोज खानेहरु अस्पताल आएपछि गाँउ नै खालि बनेको हो ।

मंगलवार भोज खाएकाहरु बुधबार र बिहिबार गरेर आम्दा अस्पतालमा ६० भन्दा बढि बिरामीहरु आएको आम्दा अस्पतालका मेसु डा. नबिन ढकालले बताएकाछन् ।

उनका अनुसार आधा दर्जनभन्दा बढि बालबालिकाहरु रहेकाछन् । सबैलाइ फूड पोइजन भएको उनले जनाए ।

बिरामी भएर अस्पताल आएकाहरुका अनुसार कुखुरा र राँगाको मासुसंग पुलउ खाइएको थियो । खाएको केहि घण्टापछि देखि बिरामी पर्न थालेपनि शुरुमा वास्ता भएको थिएन ।

पछि सबैलाइ त्यस्तै भएको थाहा पाएर अस्पतालमा आउदा मात्र फूड पोइजन भएको थाहा भएको थियो । गाँउका करिब १ सयले भोज खाएका थिए ।

वाकवाकि लाग्ने, पेट दुख्ने तथा पोल्ने, पखाले लाग्ने जस्ता लक्षणहरु देखिएको बताईउको छ । आम्दा अस्पतालमा बेड भरिएपछि एउटै बेडमा दूइदेखि तीनजनसम्म पनि बसेर उपचार गराइरहेकाछन् ।

यसैबीच नेकपा एमालेका मेयरका उम्मेदवार रोमनाथ ओलीले अस्पतालमा गएर बिरामीको अवस्था बुझेकाछन् । उनले अस्पतालका मेसु डा. ढकालसंग उपचारको बिषयमा बुझेका थिए ।

https://www.youtube.com/watch?v=4djc96SQN7k

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय