काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा आज (शुक्रवार) सुनको भाउ ओरालो लागेको छ । आज शुक्रबार छापावाला सुनको भाउ प्रतितोला २०० रुपैंयाले घटेको हो ।

उक्त मूल्यले घटेको सुनको भाउ आज ९२ हजार ९ सय रुपैँया कायम गरिएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको उक्त मूल्यले घटेको सुनको भाउ आज ९२ हजार ९ सय रुपैँया कायम गरिएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो दिन प्रतितोला ९३ हजार १ सय रुपैंयामा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मुल्य भने आज ९२ हजार ४ सय रुपैंया कायम भएको छ ।

त्यसैगरि आज चाँदीको भाउ पनि घटेको छ । आज तोलामा १५ रुपैयाले घटेर १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।