सिन्धु कफी सहकारी संघमार्फत पुस मसान्तसम्ममा सात टन अर्गानिक कफी विदेश निर्यात भएको हो। सिन्धुपाल्चोकको अर्गानिक कफी विकसित देश जापान, अस्ट्रेलिया, कोरियालगायतका देशमा निर्यात भइरहेको हो। कृषिमा समेत अब्बल मानिने ती देशहरूमा अर्गानिक कफी कोभिडअघिझैं हवाई र जलमार्गबाट निर्यात गरिरहेको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु खड्काले बताइन् ।

यस वर्ष कोभिड—१९ को कारण विश्व बजारमा परेको प्रभावले बजारमा कमी आउनुको साथै र कफीमा रोग लाग्ने समस्याले उत्पादन र निर्यात केही घटेको अध्यक्ष खड्काले बताइन्।

यसले किसानमा केही निरुत्साहितता समेत थपेको उनले बताइन्। ‘तर जापान, अस्ट्रेलिया र कोरीयामा भने सिन्धुको कफी लोकप्रिय भएकाले निर्यात रोकिएको छैन,’ खड्काले भनिन्—‘यसले सम्पूर्ण कृषकको मात्रै नभई देशको नै पहिचान उच्च राखेको छ ।’ सिन्धुपाल्चोकको अर्गानीक कफीको अन्य देशमा समेत उच्च माग रहेको उनले बताइन्।

जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ। सिन्धुपाल्चोकमा उत्पादन हुने अर्गानिक कफी तीन देशमा निर्यातयोग्य ‘कफी ग्रिन बिट’को रुपमा लिइन्छ। जसकारण यसको मुल्य समेत उच्च छ। सिन्धुपाल्चोकको कफी प्रतिकिलो ९ डलरमा बिक्री हुने गरेको र पर्याप्त मागका कारण माग अनुसारको आपुर्ती गर्न समेत नसकिएको अध्यक्ष खड्काले बताइन्।

सिन्धुपाल्चोककम वि.सं. २०६४ सालदेखि एउटा सामाजिक संस्थाबाट सुरु गरिएको कफी खेतीलाई सहकारी संघबाट व्यवस्थित बनाएर जिल्लामा पहिलो पटक सुरु गरिएको हो ।

जिल्ला कफी सहकारी संघबाट ‘अर्गानिक सर्टिफिकेसन’ सकेर तीन देशमा वार्षिक सात टन कफी निरन्तर निर्यात गरिँदै आएको छ । अहिले सिन्धुपाल्चोकमा उत्पादन भएको कफी कोरियामा ‘ब्युटिफुल कफी कोरिया’, अस्ट्रेलियामा ‘हिमालयन अर्गानिक कफी अस्ट्रेलिया’ र जापानमा ‘कफी अफ नेपाल’ लगाएतका संस्थाले संस्थागत व्यापारका रूपमा नेपालबाट ति देशमा आयात गर्ने गर्ने गरेका छन्।

उसो त सिन्धुपाल्चोकको कफी राजधानी काठमाडौंदेखि अन्य स्थानीय बजारमा समेत विक्रि भइरहेको छ। ‘सिन्धु अर्गानिक कफी’ नामक ब्रान्डको लोगो राखेर नेपालमा समेत विक्रि वितररण भइरहेको अध्यक्ष खड्काले बताइन्।

जिल्लाभरको कफी उत्पादन, प्रशोधन र बजारीकरणको जिम्मा लिएको कफी सहकारी संघले नेपालमा ‘सिन्धु अर्गानिक कफी’ ब्रान्डिङ गरेर नेपालभर तथा विदेशमा समेत निर्यात गरिरहेको छ। संघसँग जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषक आवद्ध छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे, चौतारा साँगाचोकगढी, मेलम्ची नगरदेखि अन्य पाँच गाउँपालिकाका करिब २ हजार १ सय ५० परिवार व्यावसायिक कफी खेतीमा लागेका छन्। यसबाट उत्पादन हुने वार्षिक ३० टनभन्दा बढी कफीबाट मात्रै वार्षिक करिब २ करोड आम्दानी हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah