Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गृहपृष्ठराष्ट्रियअन्तर्राष्ट्रियअर्थखेलकुदमनोरञ्जनजीवनशैली
ब्रेकिङ
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा : नियमावली २०८३ विरुद्ध शान्तिपूर्ण विरोध र्‍याली✦नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू✦आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो : प्रतितोला १ लाख ६२ हजार ५०० मा कारोबार✦इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? विश्वकप फुटबलको यस्तो छ इतिहास✦विभिन्न कार्यक्रमका साथ देशभर भव्य रूपमा गणतन्त्र दिवस मनाइँदै✦शेयर बजारसँगै बढ्याे काराेबार रकम✦दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा✦नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू✦आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो✦इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास✦

होमपेजकृषि/सहकारीकाउलीले बजारमा मूल्य पाएन!!

काउलीले बजारमा मूल्य पाएन!!

सवालनेपाल
सवालनेपालसंवाददाताशुक्रबार, ८ माघ २०७७
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
काउलीले बजारमा मूल्य पाएन!!
काउलीले बजारमा मूल्य पाएन!!
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ । खेतमा फलेको काउली बिग्रिन थाले पनि खरिद कर्ता पाउनुभएको छैन । दुई साताअघि प्रतिकिलो रु ५०देखि ५५ थोकमा बिक्री भइरहेको काउलीको बजार मूल्य ह्वात्तै घटेर रु १० देखि १२ मा झरेपछि उहाँ निकै चिन्तित हुनुहुन्छ। “काउली उत्पादन गर्दासम्म लागत खर्चनै प्रतिकिलो रु २० सम्म पुगेको छ”, उहाँले भन्नुभयो, “लागत खर्चनै नउठ्ने गरी बजारमा घाटा खाएर काउली बेच्नुपरेको छ।”सिँचाइ, मलखाद, कीटनाशक, गोडाइ, जोताइ र मजदूरको खर्च जोड्दा लागत खर्च निकै बढी हुने भए पनि थोरै मूल्यमा बेच्नुपर्दा घाटा लागेको उहाँले बताउनुभयो ।“विगत वर्षमा व्यापारी उत्पादित काउलीलगायत तरकारी खरिद गर्न गाउँसम्म नै आउँथे”, अर्का काउली उत्पादनमा लागेका किसान वसन्ती चौधरीले भन्नुभयो,“हाल व्यापारी आएका छैनन् ।
खेतमा धेरै काउली लगाएका छौँ । बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नुपरेको छ । ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दासमेत खेतमा काउली बिग्रने अवस्थामा पुगेको छ ।” ढुवानीका साधानको अभाव र थोरै मूल्यमा काउली बिक्री गर्नुपर्ने अवस्थाले निकै निराश भएको उहाँले बताउनुभयो । “खेतमा उत्पादन भएको काउलीलगायत तरकारी बिक्री गर्न निकै अप्ठेरो छ”, उहाँले भन्नुभयो, “बजार भाउ पाउँदैनौँ । टाढाको बजारमा भाउ पाइए पनि समयमै ढुवानीका साधनको व्यवस्था गर्न नसक्दा उत्पादित तरकारी पु¥याउन सकिँदैन ।” खेतमै बिग्रिएको तरकारी घरपालुवा जनावरलाई खुवाउन बाध्य भएको उहाँले बताउनुभयो । “व्यापारीले सस्तोमा माग्छन्”, नवकिरण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरीले भन्नुभयो, “किसानले महँगोमा बेच्न खोज्छन् । यसै कारणले उत्पादित तरकारी बिक्रीमा समस्या देखिएको छ ।” काउली उत्पादन सबै किसानले एकै समयमा गरेकाले पनि बजार मूल्य घटेको उहाँको भनाइ छ । विचौलियाको भर नपरेर तरकारी उत्पादक किसानले सिधै व्यापारीसँग तरकारी बिक्री गर्दासमेत घाटा नलाग्ने गरी मूल्य पाउन सक्ने हुन्छ । त्यसका लागि व्यापारी र किसानबीच छलफल गरी उचित मूल्य निर्धारण गर्नुपर्ने वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । “वडाका सबै परिवार तरकारी खेतीमा लागेका छन्”, उहाँले भन्नुभयो, “तरकारी खेतबाट सबैको घर खर्च चलेको छ ।
बजारीकरणको समस्या हल गर्न सबैको पहल आवश्यक छ।”कृषि विकास शाखाका प्रमुख खडक विकले मुख्यमन्त्री नमूना गाउँ कार्यक्रमअन्तर्गत वडा नं ३ का तरकारी खेती गर्दै आएका किसानलाई आधुनिकीकरण गर्नक लागि रु एक करोड बढी रकम लगानी गरिएको बताउनुभयो । “लगानीअनुरुप किसानले तरकारी उत्पादन गरेका छन्”,उहाँले भन्नुभयो, “सबै किसानले एउटै किसिमको तरकारी फलाउँदा बजार मूल्य थोरै पाएका हुन् । किसानका खेतमा काउली फलेको छ।माग थोरै छ । यस वर्ष उत्पादन धेरै भएको छ । त्यसैले पनि मूल्य घटेको छ।”सहजै तरकारी बिक्री गर्नका लागि तरकारी सङ्कलन केन्द्रको व्यवस्थासँगै ढुवानीका साधनको व्यवस्था गरिनुपर्ने उहाँले बताउनुभयो । “कृषि क्षेत्रमा क्रियाशील सङ्घ संस्थासँग समन्वय गरी तरकारी बिक्रीका लागि देखिएको बजारको समस्या हल गर्छौं”, नगर प्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “ढुवानीका साधनको व्यवस्थासमेत मिलाउँछौँ ।” नगरपालिकासँग रहेका टिपर परिचालन गरी किसानलाई हप्ताको तीन दिन ढुवानीका लागि उपलब्ध गराइने उहाँले बताउनुभयो । वडा नं ३ को पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी छ । गाउँका ६० बढी किसानले व्यावसायिकरुपमा काउली खेती गरेका छन् । यहाँको काउली खेतीले झलारी, वन समिति, कलुवापुर, दैजी, सिसैया, सुडा र महेन्द्रनगरलगायत बजार धानेको छ । एक सिजनमा मात्रै यहाँबाट रु ८० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ । काउली, तितेकरेला, काँक्रा, लौका, गोलभँेडा, खुर्सानीलगायत तरकारी मौसमी, बेमौसमी यहाँ उत्पादन हुने गरेका छन् । बाह्रै महिना किसानले तरकारी उत्पादन गर्दछन् ।

यो समाचार शेयर गर्नुहोस्:
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
« यो पनि पढ्नुहोस्

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
यो पनि पढ्नुहोस् »

झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

सम्बन्धित खबर

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

बुधबार, १३ जेठ २०८३
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख

झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख

शनिबार, २ असार २०८१
किसानले अझै पाएनन दुधको भुक्तानी, गाईबस्तुलाई दाना खुवाउनपनि ऋण खोज्नुपर्ने बाध्यता

किसानले अझै पाएनन दुधको भुक्तानी, गाईबस्तुलाई दाना खुवाउनपनि ऋण खोज्नुपर्ने बाध्यता

बिहीबार, ३१ जेठ २०८१
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु

सोलुखुम्बुमा मकै बालीको बीमा सुरु

शुक्रबार, १५ वैशाख २०८०
जुम्लाको सामान झापामा माग

जुम्लाको सामान झापामा माग

सोमबार, ८ फागुन २०७९
दुधको मूल्य १० रुपैयाँ बढ्न सक्ने

दुधको मूल्य १० रुपैयाँ बढ्न सक्ने

सोमबार, ८ फागुन २०७९
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी - ५०% छुट
विज्ञापन (ADVERTISEMENT)Refer Now (९८०१५२३०५२)
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी
विज्ञापन (ADVERTISEMENT)सवाल नेपाल सूचना
विज्ञापन (ADVERTISEMENT)सम्पर्क विज्ञापन ५
विज्ञापन (ADVERTISEMENT)विशेष सन्देश ६
आजको प्रश्न लोड हुँदैछ...
ताजा समाचारसबै »
शेयर बजारसँगै बढ्याे काराेबार रकम

शेयर बजारसँगै बढ्याे काराेबार रकम

बिहीबार, १ असोज २०८३
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

बिहीबार, ३२ असार २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै

विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै

शुक्रबार, १५ जेठ २०८३
लोकप्रिय
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा१

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू२

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण३

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

बुधबार, १३ जेठ २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास४

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

बुधबार, ३१ असार २०८३
बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु५

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

शनिबार, ७ चैत २०८२
Sawal Nepal
© 2026, All right reserved to Sawal NepalMade with By Nexaform