काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । विवाह समारोहमा पुगेर उनले दुलाहा-दुलहीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका हुन ।

आज मुख्यमन्त्री राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका हुन् । सीमित व्यक्तिहरुबीच भएको विवाहमा केही आफन्त तथा केही नेताहरुको उपस्थिति रहेको थियो ।

४९ वर्षीय मन्त्री राईले आफूभन्दा आधा उमेरकी संखुवासभाकी २३ वर्षीय शेर्पासँग काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् । आफ्नो जातीय पोशाकमा सजिए र राई र शेर्षाले धुमधामसाथ विवाह गरेका हुन ।

ज्याङ्मु र मुख्यमन्त्री राई एक वर्षदेखि प्रेममा थिए। मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय