एजेन्सी । भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ । बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।गतवर्ष जुलाइमा जयश्रीले आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत आफू डिप्रेसनमा भएको र संसार छोड्ने फैसला गरेको लेखेकी थिइन् । त्यतिबेला उनलाई अभिनेता किच्चा सुदीपले बचाएका थिए । त्यसपछि जयश्रीले उक्त पोस्टका लागि माफी माग्दै हटाएकी थिइन् ।जयश्रीले आफ्ना केही साथीलाई पारिवारिक कारणले तनावमा रहेको बताएकी थिइन् । ‘उनी प्रायजसो आफूलाई राम्रो महसुस नभइरहेको सुनाउँथिन्,’ जयश्रीकी एक साथीले भनिन्, ‘म उनलाई सम्झाउँथे तर उनले बारम्बार आफ्नो नम्बर परिवर्तन गरिरहन्थिन्, त्यसकारण पनि उनलाई सम्पर्क गर्न कठिन भइरहेको थियो ।’
झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री
सवालनेपालसंवाददातामंगलबार, १२ माघ २०७७

झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



