अबैध रुपमा भन्सार छलीगरि ल्याएको आशंकामा झापा प्रहरीले दमकबाट ३ करोड बढी मुल्यका ओरियन्स कम्पनीका सप्लिमेन्ट्री फुडहरु बरामद गरेको छ ।

आज इलाका प्रहरी कार्यालय दमकमा प्रत्रकार सम्मेलन गरी प्रहरीले यस विषयमा जानकारी गराएको हो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाका शादा पोशाकमा खटिएको प्रहरी टोलीले सो परिमाणका २३ प्रकारका विभिन्न नामका सप्लिमेन्ट्री फुड दमक –६ को पुरानो सब्जि बजार क्षेत्रको एक घरबाट बरामद गरेको थियो ।

प्रहरीले सामानसँगै सो कार्यमा संलग्न जितेन्द्र शाहलाई पनि पक्राउ गरेको छ । २ दिनअघि सामान बरामद गरेपनि अनुसन्धानपछि आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताउनु भयो ।

पत्रकार सम्मेलनमा उहाँले कारोबारमा संलग्न अन्यको पहिचान भइसकेको र उनीहरु हाल फरार रहेको बताउनु भयो । प्रहरी प्रमुख भट्टराईले यति ठूलो परिमाणको सामान बरामद गर्नुलाई अपराधी र तस्करहरुको विरुद्धको अभियानमा सफलता मिलेको प्रतिक्रिया दिनुभयो ।

बरामद गरिएका सामान मध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँ मुल्य बराबरको १२ प्रकारका बिभिन्न प्रोडक्टको मात्र विल भएको र विल विनाको ३ करोड भन्दा बढीका २२ प्रकारका प्रोडक्टहरु रहेको प्रहरी प्रमुख भट्टराईले बताउनु भयो । पक्राउ परेका व्यक्ति तथा सामान थप अनुसन्धान एवं कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइने एसपी भट्टराईले जानकारी दिनुभयो । पछिल्लो क्रममा झापा प्रहरीले लागुऔषध कारोबारी तथा भन्सार छली ल्याइएका समानहरु धमाधम पक्रन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर