काठमाडौं– हुन त मानिसको शरीरको उचाई कत्रो हुने भन्ने कुरा आनुवांशिकतामा निर्भर गर्छ, तर शरीरको विकासका लागि भोजनमा पर्याप्त पोषक तत्वहरु हुनु पनि आवश्यक छ ।

वैज्ञानिकका अनुसार अत्यधिक उचाईमा पुगेपछि मानिसको लम्बाई बढ्न कठिन हुन्छ ।

तर के तपाईंलाई थाहा छ, खाद्यपदार्थका धेरै कुराहरुले हड्डि र जोर्नीलाई बलियो बनाएर उचाई बढाउन पनि सहयोग पुऱ्याउँछ ।

शारीरिक विकास, कोशिका पुननिर्माण र रोग प्रतिरोधक क्षमतामा प्रोटीनको महत्वपूर्ण भुमिका हुन्छ ।

यसबाहेक क्याल्शियम, भिटामिन–डी, म्याग्नेशियम र फसफोरस जस्ता माइक्रोन्यूट्रिएन्टसले पनि हड्डि बलियो बनाउँछ ।

जुन बालबालिकाको उचाई बढ्न रोकिन्छ, उनीहरुको शारीरिक विकासका लागि केही कुरा अति नै फाइदाजनक हुन्छ ।

गेडागुडी

गेडागुडी तरकारीमा प्रोटीन बाहेक विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छ । प्रोटीनले इन्सुलिन ग्रोथ फ्याक्टर १ को स्तरलाई बढाउने काम गर्छ । गेडागुडीमा आइरन र भिटामिन बी पाइन्छ, जसले एनीमियाबाट तपाईंलाई बचाउँछ ।

चिकन

प्रोटीन र विभिन्न न्यूट्रिएन्टहरुले भरिपूर्ण चिकन पनि स्वास्थका लागि अति नै फाइदाजनक खाद्ययपदार्थ हो । चिकनलाई भिटामिन–बी १२ को पनि राम्रो स्रोत मानिन्छ । यो भिटामिन पानीमा घुल्ने एउटा त्यस्तो भिटामिन हो जसले तपाईंको शरीरको लम्बाई बढाउने काम गर्छ सक्छ । यसमा टरिन नामक एउटा तत्व पनि पाइन्छ, जून एउटा अमीनो एसिड हो ।

बदाम

बदाममा समावेश विभिन्न प्रकारको भिटामिन र मिनरल पनि शरीरको लम्बाईका लागि अति नै आवश्यक छ । यसमा हेल्दी फ्याट बाहेक फाइबर, म्याग्नीज र म्याग्नेशियम पनि पाइन्छ । यस बाहेक यसमा भिटामिन–ई पनि हुन्छ, जून एन्टिअक्सिडेन्टको रुपमा दुई गुना हुन्छ । एउटा अध्ययनका अनुसार बदाम हाम्रो हड्डिको लागि पनि फाइदाजनक कुरा हो ।

हरिया सागपात

पालुंगो, बन्दाकोभी, रायो जस्ता सागपातमा पनि विभिन्न प्रकारको पोषक तत्व हुन्छ । ती तरकारीमा भिटामिन ९ सी, क्याल्शियम, आइरन, म्याग्नीसियम र पोटाशियम बाहेक भिटामिन–के पनि पाइन्छ, जसले हड्डिको घनत्व बढाएर लम्बाई बढाउने काम गर्छ ।

दही

दही पनि प्रोटीनसहित विभिन्न भिन्दा भिन्दै किसिमको पोषक तत्वको राम्रो स्रोत मानिन्छ । २०० ग्राम दहीमा करीब २० ग्राम प्रोटीन हुन्छ । यसमा केहि आन्द्रामा फाइदा पुऱ्याउने प्रोबायोटिक्स ब्याक्टेरिया पनि पाइन्छ । यसको साथै दहीमा हड्डिलाई बलियो बनाउने क्याल्शियम, म्याग्नेशियम, फसफोरस र पोटाशियमको पनि राम्रो स्रोत मानिन्छ ।

शकरखण्ड

भिटामिन–ए युक्त शकरखण्डले हड्डिको स्वास्थलाई सुधारेर लम्बाई बढाउन सहयोग गर्छ । यसमा सोल्यूबल र इनसोल्यूबल दुवै प्रकारको तत्व हुन्छ, जसले तपाईंको पाचन प्रक्रियालाई राम्रो बनाउँछ र आन्द्राका लागि पनि राम्रो ब्याक्टेरियाको विकास गर्छ । यसले भिटामिन ९ सी बाहेक म्याग्नीज, भिटामिन बी ६ र पोटाशियम पनि पर्याप्त हुन्छ ।

भटमास

भटमास एक प्रकारको अन्न हो । भटमास प्रोटीनको राम्रो स्रोत । यसमा त्यस्ता सबै नौ किसिमको अमीनो एसिड हुन्छ, जसको शरीरलाई आवश्यक हुन्छ । यसमा हड्डिको कोषिकाका लागि आवश्यक म्याग्नेशियम पनि पाइन्छ, जसले हड्डिको मिनरल डेन्सिटीलाई पनि बढाउँछ ।

अण्डा

अण्डा न्यूट्रिशनको पावरहाउस हो । यसमा प्रोटीन भरपूर मात्रामा पाइन्छ । यसमा हड्डिका लागि आवश्यक विभिन्न पोषक तत्व पाइन्छ । ८७४ बालबालिकामा भएको एउटा अध्ययनबाट के पत्ता लागेको छ भने नियमित रुपले अण्डा खाने बालबालिकाको हाइट बढ्छ । अण्डाको पहेलो भागमा समावेश हेल्दी फ्याटले पनि शरीरलाई फाइदा प्रदान गर्छ ।

बेरीज

ब्लूबेरी, स्ट्रबेरी, ब्ल्याकबेरी अथवा रास्पबेरी पनि विभिन्न प्रकारको न्यूट्रिशनले भरिपूर्ण हुन्छ । यसमा समावेश भिटामिन ९ सी कोशिकाहरुलाई राम्रो बनाउँछ । त्यसको साथै कोशिका पुननिर्माण गर्ने काम गर्छ । भिटामिन ९ सी कलेजनको सिंथेसिसलाई पनि बढाउँछ । त्यस्तो प्रोटीन, जसको मात्रा तपाईंको शरीरमा सबै भन्दा धेरै हुन्छ । कलेजनले हड्डिको घनत्व बढाएर त्यसमा सुधार गर्छ ।

साल्मन फिस

ओमेगा ३ फ्याटी एसिडले भरिपूर्ण साल्मन फिस पनि स्वास्थका लागि अति नै फाइदाजनक छ । ओमेगा ३ फ्याटि एसिड मुटुको स्वास्थलाई फाइदा पुऱ्याउने एउट फ्याट हो, जुन शरीरको विकासका लागि पनि राम्रो मानिन्छ । केही शोधकर्ताहरुका अनुसार ओमेगा फ्याटि ३ एसिडले हड्डिको विकासलाई पनि बढाउँछ । यसले बालबालिकामा हुने निद्राको समस्यालाई पनि हटाउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah