काठमाडौं- सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रूपैयाँ कायम भएको छ।मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको छ।मंगलबार प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १२ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर