आगामी आर्थिक वर्षको लागि प्रत्येक स्थानीय तहमा आवश्यक पर्ने रासायनिक मल जानकारी पठाउनको लागि कृषि सामाग्री आपुर्ति तथा वितरण तथा प्रविधि शाखाले सुचना निकालेको छ।अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ को दफा १२ मा उल्लेख भए अनुसार, हरेक स्थानीय तहले आगामी आर्थिक वर्षको लागि आवश्यक पर्ने रासायनिक मलको प्रकार र परिमाण खुलाई प्रत्येक आर्थिक बर्षको माघ मसान्तभित्र प्रदेश मन्त्रालयमा र प्रदेश मन्त्रालयले आफ्नो प्रदेशमा आगामी आर्थिक वर्षको लागि आवश्यक पर्ने मलको प्रकार र परिमाण स्थानीय तहगत रुपमा खुलाई प्रत्येक वर्षको फागुण मसान्त भित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिमा पठाउनु पर्ने व्यवस्था छ।व्यवस्था भए अनुसार, तोकिएको ढाँचामा आगामी आर्थिक वर्ष २०७८–७९ को लागि आवश्यक रासायनिक मलको प्रकार र परिमाणमा उपलब्ध गराउन सुचना प्रकाशित गरिएको छ कृषि सामाग्री संस्थानका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।
स्थानीय तहलाई आवश्यक रासायनिक मल विवरणको लागि सुचना
सवालनेपालसंवाददाताबुधबार, १३ माघ २०७७

स्थानीय तहलाई आवश्यक रासायनिक मल विवरणको लागि सुचना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

यो पनि पढ्नुहोस् »
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
शनिबार, २ असार २०८१
किसानले अझै पाएनन दुधको भुक्तानी, गाईबस्तुलाई दाना खुवाउनपनि ऋण खोज्नुपर्ने बाध्यता
बिहीबार, ३१ जेठ २०८१
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०
जुम्लाको सामान झापामा माग
सोमबार, ८ फागुन २०७९



