एजेन्सी । भारतमा प्रेमीका भगाउन गएका प्रेमीले प्रेमीकाको आमालाई समेत भगाएका छन् । झारखण्डको राँचीस्थित गोटिया गाउँकी प्रेमीका भगाउन गएका युवकले आमाछोरीलाई नै भगाएका हुन् । प्रेमीकालाई भगाउन लाग्दा उनकी आमाले देखेर विरोध गरेपछि ती युवकले आमालाई पनि कारमा राखेर लगेको अमरउजालामा समाचार छ ।
युवककी प्रेमीका नाबालिग भएको भन्दै आमाले भगाउन दिएकी थिइनन् । युवकले कुनै पनि हालतमा प्रेमीकालाई नछोड्ने भएपछि उनीहरुबीच धेरै बेर झ’ग’डा नै भयो । पछि युवकले प्रेमीकाकी आमालाई पनि कारमै राखेर कार दौ’डाएका हुन् ।युवकले प्रेमीकाकी आमालाई बालसरिङ रिङ रोड पुगेपछि कारबाट निकालेर आफूहरु मात्र भागेको समाचारमा उल्लेख छ । समाचार अनुसार घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



