ज्योति लाईफ इन्स्योरेन्स दमकले गत कार्तिक ३ गते निमोनियाका कारण मृत्यु भएका समाजसेवी स्वर्गीय आरबी थापाको मृत्यु दाबी रकम प्रदान गरेको छ । सो रकम एक कार्यक्रमकाबीच स्वर्गीय थापाको श्रीमती आरती विष्ट थापालाई चेकमार्फत प्रदान गरिएको हो ।
थापाले संचालन गर्दै गरेको दर्पण फार्मेसीमै दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाले १३ लाख १९ हजार ८०० रुपैयाँको चेक प्रदान गर्नु भएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले बीमा आबश्यक भएको भएपनि बुझाउन नसकेकाले प्रभाबकारी बन्न नसकेको बताउनु भयो ।
स्वर्गीय थापाले १२ लाखको १५ बर्षे बीमा गर्नु भएको शाखा प्रमुख नगेन्द्र बहादुर घिमिरेले जानकारी दिनुभयो । सो क्रममा इन्स्योरेन्सका तर्फबाट मेची प्रमुख नारायण ओझा र दमक शाखाका प्रमुख घिमिरे लगायतको उपस्थिति रहेको थियो ।










