कञ्चनपुरमा राँगाले हान्दा एक बृद्धको मृत्यु भएको छ।जिल्लाको पुनर्वास नगरपालिका–२मोतीबस्तीमा आफैले पालेको पालेको राँगाले हान्दा बुधवार ७२वर्षीय दशुलाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी दिए।उनका अनुसार बुधवार साँझ पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर