काठमाडौँ।करेला तितो हुने भएकाले धेरैले यसको तरकारी वा जुस खान मन पराउँदैनन्।तर करेला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।यसको जुस र तरकारी खाँदा शरीरका विभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ।

१.टाउको दुख्ने समस्या 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अत्यधिक टाउको दुखाईको समस्यामा करेलाको सेवन लाभदायी मानिन्छ।टाउको दुखेको समयमा करेलाको पात पिसेर टाउकोमा लगाउँदा दुखाईबाट राहत पाउन सकिन्छ।

२.अनुहारको दाग हटाउन 

अनुहारमा आउने दागहरु लामो समयसम्म नहराउँदा विभिन्न उपायहरु अपनाउने गरिन्छ।जसले छालामा कुरुपता ल्याउँछ।यस्तो समस्यामा करेलाको रस र मुलतानी माटो मिसाएर लगाउँदा दाग हट्दै जान्छ।