कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी राहत सामग्री लिएर जुम्लाको गोठीगाउँ गएका छन्।मंगलबार बेलुका भएको आगलागीबाट पीडित गोठीगाउँका बासिन्दाका लागि मन्त्री भण्डारीसहितको टोलीले राहत सामग्री लिएर त्यहाँ पुगेको हो।आगलागी पीडितहरुका लागि ९ क्वीन्टल चामल, १५० किलो दाल, ८९ थान न्यानो कम्बल, ७ रोल पीफर्म, दुई बोरा नुन, ७ पेटी तेल, २० किलो खुर्सानी, २८ सेट भाँडाकुँडा लिएर मन्त्र भण्डारीको टोली गोठीगाउँ गएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।बिहीबार सुर्खेत विमानस्थलबाट मन्त्री भण्डारीको टोली नेपाली सेनाको हेलिकप्टरमा गोठीगाउँ गएको हो। मन्त्रीसँगै सांसद पदम रोकाया, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा पनि त्यहाँ गएका हुन्।तिला गाउँपालिका–७ स्थित गोठी गाउँमा मंगलबार भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन्। ६४ वटा पशुचौपाया पनि मरेका छन्।
कर्णालीका कानुनमन्त्री,राहत सामग्री लिएर गोठीगाउँ गए
सवालनेपालसंवाददाताबिहीबार, १४ माघ २०७७

कर्णालीका कानुनमन्त्री,राहत सामग्री लिएर गोठीगाउँ गए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत

यो पनि पढ्नुहोस् »
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत
आइतबार, ५ कात्तिक २०८०
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
आइतबार, २२ असोज २०८०
सेन्दाईमा बस दुर्घटना: दुई नेपालीसहित तीन जनाको मृत्यु, एक गम्भीर घाइते
बुधबार, ३ जेठ २०८०
अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने
सोमबार, २५ वैशाख २०८०
साउदीमा किन कम्पनी छाड्छन् नेपाली ?
आइतबार, २४ वैशाख २०८०



