कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी राहत सामग्री लिएर जुम्लाको गोठीगाउँ गएका छन्।मंगलबार बेलुका भएको आगलागीबाट पीडित गोठीगाउँका बासिन्दाका लागि मन्त्री भण्डारीसहितको टोलीले राहत सामग्री लिएर त्यहाँ पुगेको हो।आगलागी पीडितहरुका लागि ९ क्वीन्टल चामल, १५० किलो दाल, ८९ थान न्यानो कम्बल, ७ रोल पीफर्म, दुई बोरा नुन, ७ पेटी तेल, २० किलो खुर्सानी, २८ सेट भाँडाकुँडा लिएर मन्त्र भण्डारीको टोली गोठीगाउँ गएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।बिहीबार सुर्खेत विमानस्थलबाट मन्त्री भण्डारीको टोली नेपाली सेनाको हेलिकप्टरमा गोठीगाउँ गएको हो। मन्त्रीसँगै सांसद पदम रोकाया, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा पनि त्यहाँ गएका हुन्।तिला गाउँपालिका–७ स्थित गोठी गाउँमा मंगलबार भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन्। ६४ वटा पशुचौपाया पनि मरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय