रोल्पामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।दुर्घटनामा सहचालक घाइते भएका छन्।नेपालगञ्जदेखि रेउघा रोल्पा आउँदै गरेको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर रोल्पा नगरपालिका १ भदौरे मन्दिर नजिक अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा ट्याङ्कर चालक नेपालगञ्जका ३६ वर्षीय अर्पणचन्द्र सिंहको ज्यान गएको र सहचालक भारतका बहराइचका १९ वर्षीय सुनीलशङ्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले जानकारी दिनुभयो।दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा ज्यान गएको हो भने घाइते सहचालकको रेउघामा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ । ट्याङ्कर दुर्घटना हुँदा दुई हजार लिटर डिजल र नौ हजार लिटर पेट्रोल नष्ट भएको प्रहरीले जनाएको छ ।
रोल्पामा तेल बोकेको ट्याङ्कर पल्टियो,चालकको मृत्यु
सवालनेपालसंवाददाताबिहीबार, १४ माघ २०७७

रोल्पामा तेल बोकेको ट्याङ्कर पल्टियो,चालकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



