दमक/ उद्योग बाणिज्य संघ दमकले दमक नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ सहितको टोलीले नगरपालिकामै पुगेर नगरपालिकाकी उप–प्रमुख गीता अधिकारीलाई नेबुलाईजर, भिटिएम किट, आस्थालिन, इप्रामेन्ट लगायतका औषधी तथा स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

व्यापारी तथा व्यवसायीहरुको बृद्धी विकास तथा समस्या समाधानका लागी काम गर्दै आएको दमक उद्योग बाणिज्य संघले कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सामाजिक कार्यलाई पनि महत्व दिदैं आएको छ । सो क्रममा १० ओटा नेबुलाईजर प्रदान गरिएको थियो भने कोरोना भाइरस (कोभिड–१९) संक्रमण पत्ता लगाउन परीक्षका लागी प्रयोग गरिने भिटिएम किट २०० पिस प्रदान गरिएको छ ।

स्वास्थ्य सामाग्री ग्रहणपछि उप–प्रमुख अधिकारीले बाणिज्य संघको टोलीलाई धन्यवाद दिदैं उपलब्ध सामाग्री नगरपालिकाका आवस्यक स्वास्थ्य केन्द्रमा पठाउने बताउनु भयो । त्यस्तै उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले चिसो बढेका कारण विरामी हुने सम्भावना बढेको भन्दै नगरपालिकाको स्वास्थ्य केन्द्रहरुमा उपचार सामाग्रीहरुको अभाब नहोस भनेर स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताउनु भयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुराँगाई, प्रथम उपाध्यक्ष राजु खड्का, द्धितीय उपाध्यक्ष राजकुमार योङ्या, तृतीय उपाध्यक्ष रमा लिम्बु, कार्यसमिती सदस्य रुबल अधिकारी, नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुबेरप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय