https://youtu.be/2zeD3Z_jDB8

झापाको दमक स्थित हिमाबि छेउमा घाइते अवस्थामा रहेकी एक अपाङ्ग तथा सुष्तमनिष्थिति भएकी जेष्ठ नागरिकको घाइते अवस्थामा दमकका युवा ब्यवसायि तथा दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नबिन अग्रवाल, इलाका प्रहरी कार्यालय दमक र सवाल नेपाल डटकमको प्रयासमा उद्धार भएको छ ।

बोल्न नसक्ने करिब ८० बर्षिय ति महिला चोटपटक लागेको अवस्थामा हिमाबि स्कूल छेउमा लडिरहेको देखेर आफूले हेर्दा चोटपटक लागेको देखेर तत्काल ल्याएर औषधि लाइदिएको उद्धारकर्ता अग्रवालले बताए ।

चप्पल समेत नभएकाले चप्पल लाइदिएको र खाजा ख्वाएपछि बल्ल उनि उठेको अग्रवालले जनाए । बोल्न नसक्ने भएकाले घर कहाँ हो केहि थाहा नभएपछि सवाल नेपाल डटकम र अग्रवालको पहलमा इलाका प्रहरी कार्यालय दमक ल्याईएको थियो ।

तत्काल इलाका प्रहरी कार्यालय दमकका डिएसपि राजन लिम्बुले घाइते बृद्धाको उपचारका लागि आम्दा अस्पताल दमक प्रहरीको गाडिमा नै पुर्याइदिएकाछन् ।

उनले मानवता मर्दै गएको समयमा यसरी उद्धार गरेर प्रहरी कार्यालयसम्म ल्याएको भन्दै अग्रवाल र सवाल नेपाललाइ धन्यवाद पनि दिए । ति बृद्धाका आफन्तलाइ प्रहरीले खाजेर ल्याएको र यसरी बृद्धालाइ नछाड्नका लागि आग्रह गरिएको पनि जनाए ।

https://youtu.be/2zeD3Z_jDB8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय