पर्सा-सालोको सम्पति हडप्ने लोभमा परी पर्सामा फपाजुले आफ्नै भदाको हत्या गरी झुण्ड्याएका छन्।पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर-४ बहुअरी टोल बस्ने २१ वर्षीय अकलेश राउत यादवको हत्या उनकै फुपाजुले हत्या गरी झुण्डयाएका हुन।यादवको सम्पति हडपने लोभमा परि उनको हत्या उनकै फुपाजु पर्सागढी नगरपालिका ५ बस्ने ५१ बर्षिय भागरित राउत अहिरले गरेका हुन।यादवको गत पुस १गते मध्यान्ह १२ बजेको समयमा पर्सागढी नगरपालिका-६ चैनपुरस्थित रहेको उनकै खेतको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो।

यादवको फुपाजु भागरितले अन्य तीनजनासँग मिलेर हत्या गरी उनकै गलबन्दीले पासो लगाइ शवलाई झुण्डयाएका थिए।घटना भएको जानकारी पाउना साथ खटिएको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।अनुसन्धानको क्रममा प्रहरीले मृतक यादवको हत्यामा सँलगन रहेका उनका फुपाजु भागिरतसहित अन्य दुईजनालाई पनि पक्राउ गरेको छ।भागीरतसँगै पक्राउ पर्ने अन्यमा पर्सागढी नगरपालिका ५ बस्ने ४१ वर्षीय शेष ताहिर मिया र २७ वर्षीय छठु पटेल भन्‍ने दिनेश पटेल रहेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्पतिको एक्लो हकदार भएकाले यादवको हत्या

मृतक अकलेश राउत यादव आफना आमा बाबु को एक्लो छोरा थिए।साथै उनका ठुलो बुवाको सम्पतिको पनि उनी नै एकलो हकदार थिए।उनीसँग जग्गा जमिन लगायतका सम्पति पनि टन्‍नै थियो। सोही सम्पतिलाई हडप्ने लोभमा परी यादवको उनकै फुपाजुसहित ३ जना मिलेर हत्या गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।यादवको मृत्यु भए सम्पतिको हक खाने आफु हुने लोभमा परी उनकै फुपाजुसहित तीनजना मिलेर हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको पाण्डेको भनाइ छ। यादवको हत्या हुनुभन्दा दुई दिनअघि उनका फपाजु भगिरतले मियाँ र पटेललाई आर्थिक प्रलोभनमा पारी हत्यामा संलग्‍न  गराएको प्रहरीको भनाइ छ।सम्पतिको लोभमा भदैको हत्या गर्ने फुपाजुसहित पक्राउ परेका अन्य दुईजनाविरुद्ध कर्तव्‍य ज्यान मुद्दामा कारवाही प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।