दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ।सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपाङ्गता भएका अतिविपन्न व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको हो,केन्द्रले भुम्लु गाउँपालिकाको १० वडाका १०० अपाङ्गता भएका व्यक्तिलाई ब्ल्याङ्केट प्रदान गरिसकेको छ।यसपछि मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण अभियान थालिएको केन्द्रका सचिव रमेश गौतमले जानकारी दिनुभयो।उहाँका अनुसार कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई नगरको साझेदारीमा ज्याकेट र ब्ल्याङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ ।मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले ज्याकेट र ब्ल्याङ्केट वितरण कार्यक्रमको ९ नं वडाबाट उद्घाटन गर्दै संस्थाको सहयोगले अपाङ्गता भएका व्यक्तिलाई राहत पुगेको बताउनुभयो।“नगरले अपाङ्गता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाइरहेको छ”, उहाँले भन्नुभयो ।
अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट
सवालनेपालसंवाददाताआइतबार, १७ माघ २०७७

अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत

यो पनि पढ्नुहोस् »
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

लेबनानसँगको सीमा क्षेत्रबाट आक्रमण हुन थालेपछि नेपाली दूतावासले गरायो सचेत
आइतबार, ५ कात्तिक २०८०
इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’
आइतबार, २२ असोज २०८०
सेन्दाईमा बस दुर्घटना: दुई नेपालीसहित तीन जनाको मृत्यु, एक गम्भीर घाइते
बुधबार, ३ जेठ २०८०
अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने
सोमबार, २५ वैशाख २०८०
साउदीमा किन कम्पनी छाड्छन् नेपाली ?
आइतबार, २४ वैशाख २०८०



