काठमाडौंः घरमा आगलागी हुँदा झापामा एक पुरुषको मृत्यु भएको छ।राति करिब साढे १२ बजे झापाको कचनकबल गाउँपालिका वडा नम्बर १ घेराबारीमा घरमा आगलागी हुँदा ५५ वर्षीय गोवर्धन राजवंशीको मृत्यु भएको हो। राति सुतिरहेको अवस्थामा आगलागी हुँदा घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका छन्।करिब साढे १ बजेतिर प्रहरी चौकी घेराबारीबाट गएको प्रहरी टोली, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।आगोलागिबाट काठको खम्बा टिनको बेरा र टिनको छानो भएको १ तल्ले घर,बासको टाटीले बारेको टिनको छाना भएको एक तल्ले कच्ची घर र बासकै टाटीले बारेको टिनको छाना भएको कच्ची भान्सा घर समेत गरी ३ वटा घर पूर्ण रूपमा जली नष्ट भएको छ। त्यस्तै आगोलागिमा परि एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रा समेत जलेर मृत्यु भएको छ।
झापाको कचनकबलमा घरमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु
सवालनेपालसंवाददातासोमबार, १८ माघ २०७७

झापाको कचनकबलमा घरमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



