
काठमाडौंः घरमा आगलागी हुँदा झापामा एक पुरुषको मृत्यु भएको छ।राति करिब साढे १२ बजे झापाको कचनकबल गाउँपालिका वडा नम्बर १ घेराबारीमा घरमा आगलागी हुँदा ५५ वर्षीय गोवर्धन राजवंशीको मृत्यु भएको हो। राति सुतिरहेको अवस्थामा आगलागी हुँदा घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका छन्।करिब साढे १ बजेतिर प्रहरी चौकी घेराबारीबाट गएको प्रहरी टोली, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।आगोलागिबाट काठको खम्बा टिनको बेरा र टिनको छानो भएको १ तल्ले घर,बासको टाटीले बारेको टिनको छाना भएको एक तल्ले कच्ची घर र बासकै टाटीले बारेको टिनको छाना भएको कच्ची भान्सा घर समेत गरी ३ वटा घर पूर्ण रूपमा जली नष्ट भएको छ। त्यस्तै आगोलागिमा परि एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रा समेत जलेर मृत्यु भएको छ।