धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा २ वटा ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।मुग्लिङबाट काठमाडौं आउँदै गरेको लु२ख २७० नम्बरको ट्रकले रोकिएको ना६ख ६४६५ नम्बरको ट्रकलाई पृथ्वी राजमार्गको कोइराले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी लोकनाथ तिमिल्सिनाले जानकारी दिए,दुर्घटनामा सहचालक संखुवासभाका किरण कार्की र बर्दियाका किरणप्रताप गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा लु२ख २७० नम्बरको ट्रकका चालक नवलपरासीका लिलाराम अधिकारी र बाराका कमल शाह गम्भीर घाइते भएका छन्।घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ।