वैज्ञानिकहरूका अनुसार, प्रोसेस्ड फूड खाइरहेका कारण मानिसहरूको अनुहार खुम्चिँदै गएको छ ।पुरातत्त्वविद्हरूको एक अन्तर्राष्ट्रिय टोलीले मानव अनुहारको विकासक्रम हेर्दा एक लाख वर्षमा अनुहार बिस्तारै पातलिँदै गएको देखियो ।निएन्डरथल र बाँदरहरूको निधार चुच्चे हुन्थ्यो अनि अनुहार चौडा र दाँत ठूलो हुन्थे।मानव विकासक्रममा खाना पकाउन शुरू गर्दा हाम्रो अनुहार सानो हुँदै गयो। हामीहरूलाई शक्तिशाली दाँत र गिजाको आवश्यकता कम हुन थाल्यो।योर्क र हाल विश्वविद्यालयहरूले पुराना अफ्रिकी मानवको अनुहारदेखि लिएर आधुनिक अनुहारको परिवर्तन हेरे।योर्क विश्वविद्यालयका प्राध्यापक पल भन्छन्,‘अहिलेको नरम खानेकुराका कारण मानव अनुहारको आकार घटिरहेको छ ।मानव अनुहार बदलिन सक्ने पनि एउटा सीमा छ।तर सास फेर्नका लागि नाकको प्वाल ठूलो हुनुपर्छ।’आफ्ना आँखीभौंबाट बढी अभिव्यक्ति दिनका लागि मानव अनुहारको विकास भएको पनि वैज्ञानिकहरूले बताएका छन्।शिकार युगबाट कृषियुगमा पुगेपछि मानिसहरू मकै र गहुँ उमार्न थाले र रोटी खान थाले अनि अनुहार साँघुरिँदै गयो ।हामी आफ्नो अनुहारको मांसपेशीको संकुचन र सहजतामार्फत २० किसिमका भाव व्यक्त गर्न सक्छौं।हाम्रा पूर्वजहरू यसो गर्न सक्षम थिएनन्।उनीहरूको अनुहारको आकार र मांसपेशीका स्थिति फरक थिए ।
खानपानका कारणअनुहार परिवर्तन भइरहेको अध्ययनको निष्कर्ष,
सवालनेपालसंवाददातामंगलबार, १९ माघ २०७७

खानपानका कारणअनुहार परिवर्तन भइरहेको अध्ययनको निष्कर्ष,
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१



