महोत्तरीबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामनगरका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित टोलीले उनलाई गौशाला नगरपालिका-५ निगौल चोकबाट सोमबार साँझ पक्राउ गरेको हो।घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत स्थानीयबाट घुस लिएको आरोपमा बस्नेतलाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।बस्नेतलाई ना१झ ६८४ नम्बरको गाडी र १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित महोत्तरीबाट पक्राउ
सवालनेपालसंवाददातामंगलबार, १९ माघ २०७७

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित महोत्तरीबाट पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



