काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आइतबार १०० रुपैंयाँले बढेको सुन साेमबार भने ५०० ले बढेको थियो।सुन आज प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ ।यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ।चाँदी आज १ हजार ३८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।सोमबार चाँदीको मूल्य ८० रुपैयाँले बढेको थियो ।गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो।सुन आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो।बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय