
चौंथो महिना सूर्य ग्रहको प्रभाव रहन्छ।यो समयमा रस पिउने गर्नुपर्छ भने सिम्रिक रंगका वस्त्र धारण गर्दा सकारात्कता बढी रहन्छ ।यस्तै चन्द्र ग्रहको प्रभाव रहन्छ, पाँचौं महिनामा।दूध, दहि र चामल सँगसँगै सेता चीजको सेवन र सेतै वस्त्र धारण गर्नुपर्छ । किनकि, चन्द्रमाको आकार पनि सेतै हुने गर्दछ ।अर्को महिना अथार्त् गर्भावस्थाको छैटौं महिनामा शनि ग्रहको दृष्टि रहन्छ । यो अवधिमा कसिला चीज, क्याल्सियम र रसिला खानेकुरा खानुपर्छ भने वस्त्रको रंग स्काइ ब्लु हुनुपर्छ । अन्य महिना जस्तै सातौं महिना हो, बुधको।जुस, फलको सेवन सातौं महिनाका लागि फाइदाजनक रहन्छ । हरियो रंगको वस्त्र धारण पनि यही महिनामा गर्नुपर्छ ।अर्को महिना अर्थात् आठौं महिना चन्द्रमाको हो भने नवौं चाहिँ सूर्यको।यो समयमा यदि कुनै ग्रहहरू नीच राशिमा विचरण गर्दैछन् भने त्यसका लागि वैदिक यज्ञ गर्नुपर्ने हुन्छ।गर्भ जति ग्रहको किरणले सेकिन्छ, त्यति नै महान् र मेधावी पनि बन्छ।