विरिङ पुल:झापामा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का २३ वर्षीय करण कार्की छन्।मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका-८ विरिङ पुलमा राति सवा १० बजे ठोक्किएको प्रहरीले जनाएको छ।बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल चालक कार्कीको झापा सिलिगुडी लैजाने क्रममा काँकडभिट्टामा मृत्यु भएको प्रहरीले जनाएको छ।उनलाई सुरूमा बिएन्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनको सिलिगुडी लैजाने क्रममा मृत्यु भएको थियो।उनको बायाँ कम्मरको भागमा गम्भीर चोट थियो। मे ११ प ५७६७ नम्बरको मोटरसाइकलका चालक दमक-५ का भीमबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ।
झापामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
सवालनेपालसंवाददाताबुधबार, २० माघ २०७७

झापामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



