विराटनगर – मोरङ प्रहरीले प्रतिबन्धित भारतीय ५ सय रुपैयाँका नोटसहित एक नेपाली युवकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतीय ५ सय रुपैयाँका २ सय ८ थान गरि कुल १ लाख ४ हजार रुपैयाँसहित झापाका युवक पक्राउ परेका हुन्।मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले प्रतिबन्धित नोटसहित झापा दमक ९ पाडाजुंगीका ३१ वर्षीय अजय बलकोटीलाई विराटनगर र भारतको सीमाक्षेत्रबाट बुधबार बिहान पक्राउ गरेको जानकारी दिए।भारतबाट नेपाल आउँदै गर्दा जाँचका क्रममा महानगरपालिका १७ मटेहरुवाबाट प्रतिबन्धित नोटसहित बलकोटीलाई पक्राउ गरिएको प्रवक्ता राईले जानकारी दिए।पक्राउ परेको बलकोटीलाई आवश्यक कारबाहीका लागि प्रतिबन्धित रुपैयाँसहित विराटनगर भन्सार कार्यालयमा बुझाएको उनले बताए।