
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक-२० पार्टी प्यालेसको छतबाट खसेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका-९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए।रानाका अनुसार आज बिहान ६:१५ बजे पार्टी प्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।मृतक यादव क्विक-२० पार्टी प्यालेसमा सरसफाइको काम गर्दै आएका थिए। उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।