सिन्धुली । घरायसी विवादमा भाइले बञ्चरो प्रहार गरि दाजुको हत्या गरेका छन । मरिण गाउँपालिका वडा नं. ३ मथौलीका गणेश भनिने मानबहादुर बम्जनले आफ्नै दाजु ४८ वर्षिय चेतबहादुर बम्जनको बञ्चरो प्रहार गरी, खुकुरीले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ विहीबार दिउँसो बाबुआमासँग आफ्नै घरमा आएर बसेका दाजुलाई घरमा जा मेरो घरमा किन आएको भन्दै भाइले लखेट्न खोजेको र नगएपछि पछाडीबाट बञ्चरोको पासोले हिर्काएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष पोखरेलका अनुसार भाइले दाजुलाई बञ्चरो प्रहार गरी खुकुरीले घाँटीसमेत रेटेर हत्या गरेका छन् । प्रहरीका अनुसार दाजुभाइ मदिरा सेवन गर्ने र दैनिक जग्गाका निहुँमा झगडा गरिरहने गर्दथे ।दाजुको हत्या गरेको आरोपमा भाईलाई मरिण-३ मथौलीमा रहेको आफ्नै घरबाट राती पक्राउ गरिएको पोखरेलले बताए । उनका अनुसार शुक्रबार म्याद थप गरि अनुसन्धान थालिने भएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।
बञ्चरोले हानी, खुकुरीले घाँटी रेटी दाजुको हत्या
सवालनेपालसंवाददाताशुक्रबार, २२ माघ २०७७

बञ्चरोले हानी, खुकुरीले घाँटी रेटी दाजुको हत्या
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



