काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको सुनचाँदीको मूल्य निर्धारण गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँ घटेको हो ।

हिजो बिहीबार ९१ हजार १०० रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज ९० हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई आज तोलामा ८९ हजार ५५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि गिरावट आएको छ । बिहीबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर