दाङ:दाङको घोराहीमा सात जुवाडे पक्राउ परेका छन्।जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा गएराति साढे १० बजेतिर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए।पक्राउ पर्नेमा घोराही ९ का ३८ वर्षीय प्रज्वल शाह, सोही ठाउँका ५४ वर्षीय होमबहादुर केसी, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १६ का ३३ वर्षीय धिरण शाह, घोराही १३ का २० वर्षीय सुनिल पुन मगर, घोराही ७ का २२ वर्षीय पंकज पन्त र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ का २२ वर्षीय विजय गाहा मगर रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए।पक्राउ परेकाविरूद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाएर कारबाही गरिने प्रवक्ता रिजालले बताए।तेघरा गाउँमा लामो समयदेखि जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी गएराति छापा हानेर उनीहरूलाई पक्राउ गरेको रिजालले बताए।
घोराहीबाट २ लाखसहित ७ जुवाडे पक्राउ
सवालनेपालसंवाददाताशुक्रबार, २२ माघ २०७७

घोराहीबाट २ लाखसहित ७ जुवाडे पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



