बारामा एक महिलाको बिभत्स हत्या भएको छ। घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा आफ्नै घरभित्र महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाराको महागढीमाई नगरपालिका १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या गरेको अवस्थामा शव फेला परेको हो।हत्याराको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए। घटना अनुसन्धानको लागि बारा प्रहरीले जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डिएसपी मिश्रका अनुसार आइतबार राति महिलाका पति खाना खाएर घर बाहिर निस्किएका थिए। आफू घर फर्किंदा पत्निलाई मृत अवस्थामा फेला पारेको बयान उनले प्रहरीलाई दिएका छन्।