मानिसहरु सधैं डायटको सेवन गर्छन।अरु खानेकुराको सेवन गर्दै आफ्नो वजन घटाउने तर्क गर्छन।जसरी भएपनि आफ्नो वजन नियन्त्रणमा राख्नु उनीहरुको लक्ष्य हुन्छ।
विज्ञानले वजन घटाउन दिएको तर्क
१.व्रत लिनुहोस् : दिउँसो सम्म केही खानेकुरा सेवन नगर्नुहोला।एक दिनमा २५ देखि ३० प्रतिशत खानेकुरा कटौती शरिरको लागि आवश्यक मानिएको छ ।हप्तामा २ दिन व्रत वस्ने हो भने मोटोपन भएको अवस्थामा शरिर स्फुर्त बन्छ ।
२.डाइट र व्यायामको प्रयोग: वजन हटाउन सधैं खानेकुरा र पेय पदार्थको उचित सेवन गर्नुपर्छ।मानिसको डायट प्रतिको अभिरुचि, व्यायाम र वजनको शारिरक सन्तुलन मानव स्वस्थ्यमा सधैं रोचक पक्ष हो । खानेकुराको सेवनमा नियन्त्रणले शरिरमा भए गरेका रोग पनि काबुमा राख्न सकिन्छ।
३.खानेकुरा सुरक्षित तरिकाले सेवन गर्ने: मानिसले खानेकुरा सेवन गर्न सिक्नुपर्छ । वजनलाई महत्वपूर्ण चिज मानिन्छ ।
सवारी साधन चलाउन, डेस्कमा काम गर्न, कम्प्युटर चलाउन , टि.भि. हेर्न वजनको नियन्त्रण आवश्यक हुन्छ । टेबलमा कसरी खानेकुरा सेवन गर्ने, ल्यापटप चलाउँदा, खानेकुरा चपाउँदा, मष्तिस्कको कार्य सञ्चालन हुँदा, पोषणको खुराक छुट्टयाउँदा आवश्यक खानेकुराको मात्रामा ध्यान राख्न जरुरी छ ।
४.खाजाको रुपमा प्रोटिनको प्रयोग: प्रोटिनको प्रयोगले भोकोपनमा नियन्त्रण हुन्छ । हार्मोनहरुमा peptide YY, GLP-1, cholecystokinin आदीलाई विशेष महत्वपूर्ण मानिन्छ । धेरै पोषण पाउने खानेकुरामा अण्डा, ओटस्, सुपारी, विउजन्य खानेकुरा आदी पर्छन ।
५.चिनी र काब्रोहाईड्रेटमा हुने नियन्त्रण: चिनी र पेयपदार्थको रुचिपूर्ण सेवनले शरिरको वजन बढि मात्रामा बढाउँछ । काब्रोहाइड्रेट पाइने फलहरुमा फाइबर, धानको भात, पाउरोटी र पास्ता पर्छन । ग्लुकोजमा इन्सुलिनको मात्रा बढि मात्रामा पाइन्छ । एडिपोज कोषमा चिल्लो जम्मा गर्ने काम इन्सुलिनले गर्ने हुँदा पातलो मानिसलाई ग्लुकुजको मात्रा बढाउन सुझाव दिइन्छ ।
६.रातमा राम्ररी सुत्ने बानी: मानिसले रातमा ५ देखि ६ घण्टा सुत्नैपर्ने आवश्यकता हुने गर्छ । कम निद्राले मानिसमा पाचन प्रणालीमा हानी नोक्सानी पु¥याउँदै आएको हुन्छ । लेप्टिन र घ्रेलिन नामक रसायन मष्तिस्कको लागि आवश्यक हुन्छ । निन्द्रामा मष्तिस्कका ग्रन्थीले यी रसायनको निस्काशन गरेको हुन्छ ।



