धनगढी – बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले चार दिन पछि नियन्त्रणमा लिएको छ।माघ २४ गते आफ्नै छोरीलाई गोली प्रहार गरि हत्या गर्ने पुर्चौडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए। महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए ।गोली प्रहार गरेर हत्या गरेका महरा गोली लोड गरेको बन्दुक लिएर फरार भएका थिए। यसैबिच महराले आफ्नै घरमा आगजनी समेत गरेका थिए। महराका २ श्रीमती छन् । कान्छी श्रीमतीसँग उनको विवाद भएको थियो ।
बैतडीमा आफ्नै छोरीको हत्या गरि फरार बुवा ४ दिनपछि नियन्त्रणमा
सवालनेपालसंवाददातामंगलबार, २६ माघ २०७७

बैतडीमा आफ्नै छोरीको हत्या गरि फरार बुवा ४ दिनपछि नियन्त्रणमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



