काठमाडौं। बलिउडका दिवंगत अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन भएको छ । उनको मंगलबार ५८ वर्षको उमेरमा निधन भएको भारतिय मिडियामा बताइएको छ ।उनी अभिनेता ऋषि कपूर र रणधीर कपूरका भाई हुन् । हृदयाघघात भएकाउनलाई चेम्बुरको इनलक्स अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेको बताइएको छ ।यसअघि राजीवका दाई तथा बलिउड अभिनेता ऋषि कपूरको पनि २०२० को अप्रिल ३० मा निधन भएको थियो ।राजीवको आज निधन भएको बारे ऋषि कपूरकी पत्नी नीतु कपूरले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै जानकारी गराएकी छिन् ।उनले राम तेरी गंगा मैली फिल्मबाट अभिनय शुरु गरेका थिए । धेरै फिल्ममा अभिनय गरेका राजीवले फिल्म निर्देशन पनि गरेका थिए । उनले फिल्म ‘प्रेम ग्रन्थ’ को निर्देशन गरेका थिए । उनको निधनले अहिले बलिउड शेकमा डुबेको छ ।

rajib kapoor.jpg

प्रतिक्रिया

सम्बन्धित खवर