
काठमाडौं : मोरङको ग्रामथान गाउँपालिका वडा –६ कोरियाडाँगी घर भएकी एक ६० बर्षीया महिला सोमबार घरैबाट बेपत्ता भएकी छिन।निर्मला दाहाल नाम गरेकी सामान्य हिँडडुल गर्न नसक्ने हिड्दा चक्कर लाग्ने गहुँगोरो वर्णकी आफनै निवासबाट सोमबार बिहान ५ बजे देखि बेपत्ता भएकी हुन्। उनका श्रीमान् होमनाथ दाहालसँगै कोठामा सुतेकी उनी एकाएक बेपता हुँदा परिवारका सदस्य चिन्तामा परेका छन्। गाउँ टोल देखि ग्रामथान बेलबारी कसेनी हरैँचा लगायत ठाउँमा खोजि कार्य गर्दा पनि हाल सम्म भेटिएको छैन।विगत लामो समय देखि सुगर, प्रेसरको बिरामी हुँदा प्राय घरमै बस्ने दाहाल बिहान ५ बजे उठेका श्रीमानले थाहा पाएका थिए। परिवारका अनुसार शारीरिक रुपमा अशक्त, सय मिटर सम्म हिँडडुल गर्न नसक्ने महिला अचानक हराउँदा मर्माहत भएको छ। परिवारका सदस्यले इलाका प्रहरी कार्यालय हरैँचालाई समेत जानकारी गराउनुका साथै स्थानीयले समेत खोजि कार्यमा सहयोग गरेको गरिरहेको छ।घरबाट बेपत्ता हुँदा रातो बुट्टे कुर्ता सुगा रंगको सुरुवाल, पिङ कलरको किचेन जुत्ता लगाएको बृद्ध महिलालाई कतै देखिए वा भेटिएमा नजिकैको प्रहरी कार्यालय तथा परिवारको सम्पर्क नं ९८२८०३४०४५ वा ९८०७०१५२८० वा ९८४२१०५३१६ सम्पर्क गर्न पनि गरिएको छ।