चिसो मौसममा मानिसहरु शीतलहर र चिसोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गर्छन् तर भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्न निकै अचम्मको तरिका अपनाएका छन् । भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार महोबा शहरस्थित पुरानो सब्जी मन्डी परिसर बाहिर एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्नका लागि पाँच पाँच सयका थुप्र नोटहरुमा आगो लगाइदिए । त्यहाँ वरिपरि सरसफाईको काम गर्ने मानिसहरुलाई विश्वास गर्ने हो भने ती व्यक्तिले लाखौंको नगद, दुईवटा एन्ड्रोइड मोबाइल र सुन चाँदीको गहनासहित धारिलो हतियार पनि आगोमा स्वाहा बनाए। आजतकका अनुसार फोहोरमा लाखौंको नगद बालेर यी मानसिक रुपमा विक्षिप्त व्यक्तिले भने हास्दै भने, ‘के गरुँ, मलाई चिसो लाग्यो, जे भेटेँ त्यो बालेर शीतलहरबाट छुटकारा पाएँ ।’घटनाबारे जानकारी पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीले यो मामिलामा विभिन्न पाटोलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । तर यहाँ प्रश्न उठ्छ कि यी व्यक्तिसँग यति धेरै नगद कहाँबाट आयो ? यो अचम्मको घटनामा प्रहरी प्रशासनले केही जानकारी दिएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah