दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर लगाउन आकर्षित भएपछि टर्कीबाट बिरुवाको बिक्रीवितरण गरिएको कृषि प्राविधिक सुन्दर रावतले बताउनुभयो ।किसान व्यावसायिक रुपमा ओखर खेतीमा लागेपछि ओखरका बिरुवा विदेशबाट जिल्लामा भित्रिएको निजीस्तरका ओखरको बिरुवाको बिक्रीवितरण गर्दै आएका कृषि प्राविधिक रावतले जानकारी दिनुभयो । गत वर्षबाट हुम्लामा यो ओखर भित्रिन थालेको र गत वर्ष उक्त ओखरका बोट हुम्ला भित्रिएका थिए । उक्त ओखरले यस वर्ष फल दिनेछन् । छोटो अवधिमा फल दिने भएका कारण यस वर्ष मागअनुसार दुई हजार बिरुवा जिल्लामा पुगेर बिक्री भएको उहाँले बताउनुभयो । एक जना किसानले पचास बोटसम्म स्याउ बगँैचामा लगाउने गरेका छन् ।प्रतिबोट रु एक हजारमा बिक्री हुनुका साथै च्यान्दुलर ओखर सिमकोट गाउँपालिकाले एक हजार बोट र अदानचुली गाउँपालिकाले ५०० बोट किनिसकेका छन् । बाँकी पाँच सय बोटको पनि अगुवा स्याउ किसानबाट माग आएको छ ।
टर्कीको च्यान्दुलर ओखर,हुम्ला पुग्यो
सवालनेपालसंवाददाताबुधबार, २७ माघ २०७७

टर्कीको च्यान्दुलर ओखर,हुम्ला पुग्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

यो पनि पढ्नुहोस् »
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
शनिबार, २ असार २०८१
किसानले अझै पाएनन दुधको भुक्तानी, गाईबस्तुलाई दाना खुवाउनपनि ऋण खोज्नुपर्ने बाध्यता
बिहीबार, ३१ जेठ २०८१
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०
जुम्लाको सामान झापामा माग
सोमबार, ८ फागुन २०७९



