काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि प्रधानमनत्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् । बुधबार ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताएका हुन् । उनले तीन वटा लक्ष्य र एउटा मुख्य उदेश्यका साथ घोषणा गरिएको भन्दै प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा जर्वजस्ती नियुक्ति प्रमुख लक्ष्य रहेको बताए ।पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन गरेकाले त्यसलाई सुचारु गर्नु र प्रतिगामी कदमलाई असफल पार्न, दोस्रो संवैधानिक परिषदको अवैधानिक बैठबाट नियुक्तिलाई असफल पार्न हामीले संघर्ष गरेका हौ’ श्रेष्ठको भनाई छ । उनले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन पनि आन्दोलन जरुरी भएको बताए । उनले लोकतन्त्रलाई हत्या गर्न ओलीले चुनावको कुरा गरेको भन्दै संविधानविरोधी चुनावलाई धज्जी उडाइने बताए । नारायणहिटी अगाडि ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर दिएको अभिव्यक्तिलाई फाँसीवादको संज्ञा पनि दिए । ‘विकासको नारा दिएर संविधानलाई उपहास गरेर, संविधानको उपधारामा कालोमसी लगाएर नयाा तरिकाले फाँसीवादको अभ्यास गर्दैछन् । फाँसीवादको असफलता सुनिश्चित छ’ प्रवक्ता श्रेष्ठको भनाई छ ।उनले ओलीको फाँसीवादविरुद्ध संयुक्त संघर्ष आवश्यक भएपनि अहिले सिंगो देश आन्दोलनमय भएको र एकीकृत आन्दोलन भइरहेको जनाए । नेपाली जनताले सामाजिक आर्थिक सम्बृद्धिको अपेक्षा गरेपनि गत निर्वाचनमा जनताले जनादेश दिएर सरकार बनेपनि निरंकुश, पदलोलुप ओलीलाई पार्टी र सरकारको नेतृत्वमा पुर्याएकाले सम्बृद्धिको प्रतिवद्धता पुरा गर्न नसकेकोमा आफ्नो तर्फबाट गल्ति भएको स्वीकार गरे ।‘प्रतिनिधिसभा पुनःस्थापना भएमा हामी भनसुन र घुसखोरीका दिन अन्त्य भएको घोषणा गर्नेछौ । खल्तीबाट होइन, मामौजीबाट होइन, देशभक्त र योग्यलाई जिम्मेवारी दिने प्रणालीको विकास गर्नेछौं ।’ उनले दलित, महिलालगायत उत्पीडनमा परेकाहरुलाई प्राथमिकता दिँदै समाजवादउन्मुख राज्य व्यवस्थाको विकास गर्ने बताए । श्रेष्ठले ओली एउटा गुटको अध्यक्षमा सिमित रहेको टिप्पणी गरे
ad बुधबार २८ माघ, २०७७ Wednesday, 10 February, 2021 केन्द्रीय संस्करण संग्रह डाउनलोड English Edition ग्लोबल हिंदी समाचार रातोपाटी स्पेसल प्रदेश अर्थतन्त्र विचार टीभी शिक्षा स्वास्थ्य विज्ञान जीवनशैली मनोरञ्जन खेलकुद बालसंसार अन्य मुख्य समाचार ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैनः नारायणकाजी श्रेष्ठ
सवालनेपालसंवाददाताबुधबार, २७ माघ २०७७

ad बुधबार २८ माघ, २०७७ Wednesday, 10 February, 2021 केन्द्रीय संस्करण संग्रह डाउनलोड English Edition ग्लोबल हिंदी समाचार रातोपाटी स्पेसल प्रदेश अर्थतन्त्र विचार टीभी शिक्षा स्वास्थ्य विज्ञान जीवनशैली मनोरञ्जन खेलकुद बालसंसार अन्य मुख्य समाचार ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैनः नारायणकाजी श्रेष्ठ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



