काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से बुधवार आठ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आठ दशमलव ६६ अङ्कले बढेर २५ सय ४३ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।
बुधवार बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, होटल समूहको ४४ अङ्कले, फाइनान्सको ३८ र निर्जीवन बीमा समूहको शेयर ६२ अङ्कले बढेको छ । व्यापार, जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ ।
बुधवार एक सय ९१ कम्पनीका एक करोड ४९ लाख कित्ता शेयर सात अर्ब ६४ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ५२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
बुधवार गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि साधना लघुवित्तका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन्



