कुनै व्यक्ति वा कुनै चीज छुँदा तपाईंलाई करेन्टको झट्का लाग्छ ?यसलाई स्टेटिक करेन्ट भनिन्छ अनि जाडोमा यस्तो करेन्ट बढी लाग्छ । स्टेटिक करेन्टपछाडिको विज्ञान के हो?हाम्रो शरीरले हामीवरपरका कुराबाट अतिरिक्त इलेक्ट्रोन जम्मा गर्छ ।यसबाहेक केही किसिमका कपडा र अन्य तत्त्वले पनि यसमा योगदान गर्छन् । नाइलन वा ऊनबाट बनेको कार्पेटमा हिँड्दा वा रबर सोल भएको स्पोर्ट्स शूज लगाउँदा शरीरमा इलेक्ट्रोनको चार्ज धेर बढ्छ ।शरीरमा इलेक्ट्रोन चार्ज बढ्दै जाँदा व्यक्तिको छालामा त्यो जम्मा हुँदै जान्छ । त्यहाँ त्यो शक्तिशाली हुन्छ अनि अर्को व्यक्ति वा धातुलाई छुनेबित्तिकै त्यसमा ट्रान्सफर हुन्छ ।यसबीचमा यो चार्ज छोइएका दुवै विन्दुबीचको हावालाई हटाएर जम्प गर्छ जसकारण सानो झिल्का पनि निस्कन्छ । यही कारणले हामीलाई झट्का लाग्छ ।हावाले करेन्ट पास गर्न बाधा गर्छ तर यसमा वाटर भेपर मिसियो भने पानीका मोलिक्युलहरूले तीव्रताका साथ करेन्ट पास गरिदिन्छन्।जाडो मौसममा हावा सुक्छ जसले गर्दा इलेक्ट्रोन तीव्रताका साथ एकै ठाउँमा जम्मा हुन्छ । त्यसैले गर्दा जाडोमा एकअर्कालाई छुँदा वा कुनै कुरालाई छुँदा करेन्ट लाग्छ ।यस्तो सरप्राइज करेन्टबाट बच्नका लागि ऊनी कपडा कम लगाउन सकिन्छ । यसबाहेक स्पोर्ट्स शूज नलगाएर छालाको जुत्ता लगाउँदा पनि यसबाट बच्न सकिन्छ ।विज्ञहरूका अनुसार, आफ्नो नजिक रहेको धातु छोएर पनि इलेक्ट्रोन बन्नलाई रोक्न सकिन्छ । त्यसले तपाईंलाई चर्को झट्का लाग्न दिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah